पत्रकार महासंघ पर्सा शाखाको सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता बितरण गर्ने निर्णय स्वागतयोग्य

मंगलबार, साउन ९
वीरगंज,नेपाल पत्रकार महासंघ पर्साले सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता बितरण गर्ने निर्णयको प्रेस चौतारी नेपाल पर्साले स्वागत गर्दै एकबद्धता जनाएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको निर्णय स्वागतयोग्य रहेको प्रेस चौतारी पर्साको आज बसेको बैठकले निर्णय गरेको छ ।

प्रेस चौतारी पर्साका उपाध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले पर्सा शाखाको अधिवेसनको मिति अगामी श्रावण १३ गते बस्ने बैठकले तोक्ने निर्णय गरेको छ ।

बैठकले नेपाल पत्रकार महासंघ पर्साले गर्ने सबै प्रकारको साकारात्मक गतिबिधिहरुमा साथ र सहयोग गर्ने निर्णय गरेको सचिव राजेन्द्र सिंहले जानकारी दिनु भयो ।

बैठकमा नेकपा एमालेका पर्सा संयोजक डा। बिशम्भर शर्मा, केन्द्रिय प्रचार बिभाग सदस्याद्धय महेश दास र लालबाबु शेष, प्रेस चौतारीका पर्सा ईन्चार्ज शत्रुधन नेपाल, पत्रकार महासंघका पर्सा अध्यक्ष तथा चोतारीका पुर्व अध्यक्ष अनुप तिवारी, सल्लाहाकार महेशचन्द्र गौतम, प्रेस चौतारी नेपालका प्रदेश सचिव ग्यासु मिया देवान, प्रदेश कोषाध्यक्ष जितेन्द्र साह, प्रदेश सदस्ययहरु आसिक मिया अंसारी, श्याम कुशवाहा, नेपाल पत्रकार महासंघका सचिव भुषण यादव, कोषध्यक्ष संजिव मिश्रा, सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।

◄ भर्खरै ►

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...