घटनाहरू पुन: नदोहोरिने प्रतिबद्धता पछि आईतबार देखि बिन्दबासिनी गापा खुल्ने 

वीरगंज, १८ कार्तिक । पर्साको बिन्दबासिनी गाउँपालिकाका वडा अध्यक्षहरुले आन्दोलनरत कर्मचारीहरुलाई आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिई पालिकाको दिनचर्यामा फर्किन आग्रह गर्दै यस्तो घटनाहरू पुन: नदोहोरिने प्रतिबद्धता जनाए पछि आईतबार देखि पालिका खुल्ने भएको छ ।
मिति २०८०।०६।३० गते शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरु माथि वडाअध्यक्षहरुद्धारा गरिएको दुर्व्यवहारका कारण गाउँपालिका अन्तर्गतका कर्मचारीहरु आन्दोलित भई गाउँपालिका मातहतका कार्यालयहरुको सम्पूर्ण सेवा प्रवाह बन्द रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा आन्दोलनरत्त कर्मचारीहरु, शिक्षक महासंघ प्रतिनिधिहरु, प्रधानाध्यापक प्रतिनिधिहरु र सम्पूर्ण वडाका वडाअध्यक्षहरु बैठक बसी अगामी दिनमा यस्तो किसिमका घटनाहरु पुनः नदोहोरिने प्रतिबद्धता पश्चात आन्दोलन फिर्ता भएको प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले बताए । साथै मिति २०८०।०७।१९ गते आईतबार देखी नियमित रुपमा गाउँपालिका तथा मातहतका सम्पुर्ण कार्यालयहरु संचालन हुने जानकारी गराए ।

कर्मचारीहरुको आन्दोलनले गाउँपालिका अस्तव्यस्त हुन पुगेकोले वडा अध्यक्षहरुले पालिका खोल्न र कामकाजमा फर्किन कर्मचारीहरूलाई आग्रह गरेका थिए ।

अध्यक्ष तिवारीको संयोजकत्वमा भएको वार्तामा वडा अध्यक्ष अच्छेलाल महतो, मुक्ति राउत कुर्मी, जयप्रकाश चौरसिया, अनोज कुमार चौरसिया, मोहन यादव, लेखा प्रमुख मिथलेश कुशवाहा, शिक्षा शाखा प्रमुख कपिल लामिछाने , प्रधानध्यापक नन्दु प्रसाद यादव, मुकलेश राउत गदी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।

◄ भर्खरै ►

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...