दोस्रो सखुवा प्रसौनी क्रिकेट टुर्नामेन्टको उपाधि कालिकामाईलाई

वीरगंज, १६ फागुन । दोस्रो सखुवा प्रसौनी क्रिकेट टुर्नामेन्टको उपाधि कालिकामाई गाउँपालिकाले जितेको छ । बुधबार भएको टुर्नामेन्टको फाइनल खेल ४५ रनले छिपहरमाई गाउँपालिकालाई हराउँदै कालिकामाई विजयी भएको हो ।

सुरुमा टस जितेर ब्या‍टिङ गरेको कालिकामाईले पुरै २० ओभर खेल्दै ७ विकेटको नोक्सानी १४९ रन बनाएको थियो । त्यसपछि १५० रनको लक्ष्यसहित जवाफी ब्याटीङमा उत्रेको छिपहरमाईले पुरै २० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १०४ रनमा समेटिएपछि कालिकामाई विजयी घोषित भएको थियो ।

विजेता टिम कालिकामाईलाई सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले रु ५१ हजार नगद पुरस्कारसहित ट्रफीले सम्मान गरेका थिए । उप विजेता छिपहरमाईले पनि नगद पुरस्कार रु २५ हजार र ट्रफी पाएका थिए ।

म्यान अफ द म्याच २१ बलमा २० रन बनाएका र ३ विकेट लिएका कालिकामाईका मनु हजरा घोषित भएका हुन् । म्यान अफ द सिरिज कालिकामाई कै अजय महतो घोषित भए । उनले मोबाइल पुरस्कार पाए ।

सखुवा प्रसौनी गाउँपालिकाको सहयोग र सखुवा प्रसौनी युवा समाजको आयोजनामा टुर्नामेन्ट भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।

◄ भर्खरै ►

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...