चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकपको तयारी पुरा

वीरगंज, २९ फागुन । अगामी चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । परवानीपुर खेलमैदानमा हुन लागेको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक शक्ति युवा क्लब परवानीपुरले जनाएको हो ।

मंगलबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहल आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा बाग्मती र मधेस प्रदेश अन्तर्गतका ८ वटा टिम सहभागी हुने जनाएको छ । करिब १७ लाखको लगानीमा हुन लागेको प्रतियोगितामा वीरगंज महानगरपालिका र परवानीपुर गाउँपालिकाले विशेष सहयोग प्रदान गर्न लागेको प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवले जानकारी दिए । उनका अनुसार फुटबल प्रतियोगिताको लागी विभिन्न संस्थाहरु सहयोग गर्न तयार भएको र आयोजक क्लबका सदस्यहरुले पनि सहयोग गरिरहेको बताए ।

प्रतियोगितामा आयोजक शक्ति युवा क्लब,वीरगंज युनाइटेड एफसी, हनामी भरतपुर फुटबल क्लब चितवन, वीरगंज युथ एकेडेमी,हेटौंडा फुटबल एकेडेमी मकवानपुर, नव जन जागृती युवा क्लब सिमरा, चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुने प्रतियोगिताका सहसंयोजक दिपक यादवले बताए ।

यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने उनले बताए । त्यस्तै प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

आयोजक क्लबका अध्यक्ष राजमहम्द मियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आयोजक क्लबका सचीव ध्रुव प्रसाद साह, कोषाध्यक्ष सोनालाल मण्डल, आयोजक क्लबका टिम म्यानेजर संजय मण्डल, आयोजक क्लबका सदस्यहरु रवि राजा राम, रामप्रवेश कुशवाहा लगायतकाको सहभागीता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तथा प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।

◄ भर्खरै ►

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...